Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मुल्य 


    शुक्रबार, मंसिर १६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । (आईओसी)ले नेपाल आयाल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएको हो । डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । खाना पकाउने  एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।

    नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले भने, ‘पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैया र मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । भने ग्यासको प्रति सिलिन्डर ४४ रुपैयाँ नयाँ मूल्य सूचि आएको छ ।’

    अबको १५ दिनमा निगमलाई नाफा ५३ करोड नाफा हुने छ । 

    नयाँ मूल्यसूची अनुसार अब निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहको छ । भने, ग्यास प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ घाटा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार