Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोलखामा कार्कीले लिए सुरुमै फराकिलो अग्रता, शिवाकोटी दोब्बरभन्दा बढी मतले पछाडि


    शुक्रबार, मंसिर १६ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा बिहीबार रातिदेखि सुरु भएको मतगणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले १ हजार ७ सय ५४ मतले अग्रता लिएका छन् । गौरीशंकर गाउँपालिका १, २, ३, ४, ७ र ९ वडाको मतगणना गर्दा कार्कीले ३ हजार २ सय २४ मतका साथ अग्रता लिएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ४ सय ७० मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । 

    गौरीशंकर एमालेका नेता तथा पूर्वमन्त्री पार्वत गुरुङको गृह गाउँपालिका हो । माओवादीका उम्मेदवार कार्की पनि यही गाउँका हुन् । उनले गौरीशंकर गाउँपालिकामा दोब्बर मतले पछाडि पारेकाले एमालेका शिवाकोटीलाई जित निकाल्न त्यति सहज भने देखिंदैन । यद्यपि एमालेले बैतेश्वर गाउँपालिकाका १० वटा बुथमा पुनः मतदान गराएपछि जित्ने अपेक्षा गरेको थियो । 

    प्रदेशतर्फ पनि गठबन्धनकै कुन्दन काफ्ले अगाडि छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार