Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भन्सार छलीका मोटरसाइकलसहितका लाखौंका मालसामान बरामद


    बिहिबार, मंसिर १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ ।

    आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतवाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।

    भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वर स्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विशाल बस्नेत/ न्युज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार