Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखाका १० बुथमा पुनः मतदान, ४२५६ मत खस्यो


    बिहिबार, मंसिर १५ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज पुनः मतदान भएका दोलखा प्रदेशसभा क्षेत्र नं १ का ४ वडा वडाका १० मतदान केन्द्रमा ४ हजार २ सय ५६ मतमात्र खसेको छ । जम्मा  ८ हजार ५ सय १४ जना जम्मा मतदाता रहेका १० वटा बुथमा मंसिर ४ गतेको भन्दा १३२२ कम मत खसेको छ । मंसिर ४ गते ५ हजार ५ सय ७८ मत खसेको थियो । पुनः मतदान भएका १० वटा बुथ कब्जा भएको भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको थियो । 

    निर्वाचन आयोगले ६ दिनपछि मंसिर ११ गतेमात्र पुनः मतदान गराउने निर्णय गरेको थियो । निर्वाचन ऐन बिपरीत ६ दिनपछि आयोगले दोलखामा पुनः निर्वाचन गराउने निर्णय एमालेको दबाबमा गरेको आरोप छ ।

     दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी अध्यक्ष केपी शर्मा ओलीका अति निकट र लगानीकर्ता हुन् । ओलीले उनीमार्फत् विभिन्न ब्यवसायमा लगानी गरेको एमाले बृत्तमै चर्चा हुने गर्दछ । शिवाकोटीलाई भूकम्प गएको समयमा पुननिर्माणका लागि तत्कालीन ओली सरकारले काठको ठेक्का दिएर बीसौं करोड लाभ दिलाएको थियो । त्यतिमात्र होइन, शिवाकोटीको परिवारका सबै सदस्यलाई ओलीले आफनो सरकारको पालामा राजनीतिक नियुक्ति दिएका छन् । 

    बालकृष्णका भाइ रमेश शिवाकोटी पशुपति विकास कोषमा दोस्रो कार्यकाल पनि सदस्य नियुक्ति भएका छन् । शिवाकोटीकी श्रीमती दिपा दाहाललाई वन पैदावर विकास समितिको अध्यक्षमा नियुक्ति दिएका छन् । स्वयं बालकृष्ण लगानीबोर्डको सदस्य नियुक्ति भएको यो दोस्रो कार्यकाल हो । एमालेको राजनीतिमा बालकृष्णको परिवारको कुनै योगदान छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार