Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज मंसिर १५ गतेको मौसम पूर्वानुमान


    बिहिबार, मंसिर १५ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ ।

    शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।

    पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार