काठमाडौं । पूर्व सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बागमती नदी किनारा अतिक्रमण हटाउने अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभियानमा आफ्नो पूरापूर समर्थन रहेको बताएकी छन् ।
सामाजिक संजाल फेसबुकमा नदी किनाराका जग्गा भूमाफियादेखि सुकुम्बासीका नाममा अतिक्रमण भएको र त्यसमा माथिल्लो तहको राजनीतिक, प्रशासनिक र अदालत समेतको संरक्षण रहेको उल्लेख गर्दै मेयर बालेन साहलाई आफ्नो साथ रहने बताएकी छन् । उनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गर्न आह्वान गरेकी छन् ।
संसारमा मानव सभ्यताको बिकास नै नदी किनाराबाट भएको हो । हाम्रा सभ्यता विकासका रूपमा रहेका नदी किनारहरू अतिक्रमणमा परेका छन् । यस्तो अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हँुदै आएको छः
१. नदीका किनारा, घाटहरू, ढुंगेधारा र त्यस वरपरका चौरहरू, मन्दिर परिसरका जग्गा भूमाफियाहरूले आफ्नो नाममा दर्ता गरेका छन् ।
२.बाँकी यस्तै जग्गा सुकुम्बासीको नाममा कब्जा गरेका छन् ।
३. विभिन्न धार्मिक प्रयोजनका भजनमण्डली, पूजा गृह, किरियापुत्री भवन, ॐ शान्ति, सत्य साई, रविशंकर आदिको नाममा रिटायर्ड कर्मचारी, ब्यापारी आदीले कब्जा गरेका छन् ।
यी सबै अतिक्रमणमा माथिल्लो तहको राजनीति, प्रशासन र अदालतसमेतको कहीँ न कहीँ संरक्षण रहेको देखिन्छ ।
एकातिर बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरेर सरकारले यिनै क्षेत्रमा काम गरिरहेको छ । तर अर्कोतिर यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण पनि दिइएको छ ।
म शहरी विकास मन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक छाउँमा बनाएका घर टहरा हटाउने अभियान सुरू गरेको थिएँ । साथै थापाथलीका सुकुम्बासीको लागि अर्को ब्यवस्था नहुन्जेलसम्म इचंगुमा करिब ३०० परिवारको लागि अपार्टमेन्ट शहरी विकास मन्त्रालयले बनाएको छ तर त्यहाँ लक्षित वर्गहरू जान चाहेनन् । यो समस्या दीर्घकालीन रुपमा समाधान होस् भनेर मैले सुकुम्बासी र केही विज्ञहरू समेत रहनेगरी समिति बनाएँ ।
शहरी गरीव र अब्यवस्थित बसोवासीका लागि भनेर उनीहरूको समेत कुनै न कुनै प्रकारको साझेदारीमा संयुक्त आवासको नीति लिएको थियो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा यो समावेश गरिएको छ । मेरो लागि काम गर्ने समय पनि पुगेन ।
हाल बालेनजीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पूरापूर साथ र समर्थन छ । बालेनजी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपूर्जाधारीलाई पनि तत्काल छानबिन गरी कारबाही अगाडि बढाउनुपर्छ ।
एसियाली विकास बैंक(एडीबी) ऋण सहायतामा लामो समय देखि बीआरबीआईपी परियोजनाको कार्यक्रम चालु छ । तर सरकारले लामो समयदेखि राईट अफ वे क्लीयर गर्न नसकेर आयोजना क्रोनिक भएको थियो । टाईम र कष्टको ओभर रन भएको थियो । यसले राज्यको असीमित दायित्व सिर्जना गरेको छ । त्यसैले यो परियोजनाको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि मेरो पालामा नै अतिक्रमण हटाउने अभियान सुरू गरेका थियौं ।
अबका दिनमा अधिकार सम्पन्न बागमती, उपत्यका विकास प्राधिकरण र महानगरपालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गरौं । मेरो साथ छँदैछ । आवश्यक समन्वय पनि मैले गर्ने नै छु ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend