काठमाडौं । नेकपा(एमाले) छाडेर जातीय राज्य स्थापनाका लागि संघीय समाजवादी फोरम हुँदै जनता समाजवादी पार्टीमा पुगेका अशोक राईले सुनसरी क्षेत्र नं १ बाट निर्वाचन जितेका छन् । उनले ४ सय ५३ मतको मतान्तरले विजय हासिल गरेका हुन् ।
अन्तिम मतपरिणम अनुसार राईले १७ हजार ५९ मत ल्याएका छने भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् । यस्तै, माओवादी केन्द्रका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् ।