काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर पार्टी हराउन लागेको उजुरी परिसकेको छ । कांग्रेस निकट म्यानपावर ब्यवसायी विमल ढकालले समेत थापालाई रवि लामिछानेसँग मिलेर पार्टीका नेताहरु हराएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस निकट म्यानपावर ब्यवसायी संघका अध्यक्ष ढकालले सामाजिक संजाल फेसबुकमा यस्तो आरोप लगाएका हुन् । गृहमन्त्री बालकृष्ण खाँण पराजित भएपछि आक्रोशित भएका ढकालले थापामाथि पार्टीको पदाधिकारी भएर शीर्षनेता हराउन लागेको आरोप लगाएका हुन् । उनले गगन थापातर्फ संकेत गर्दै गिरोहकै संज्ञा दिएका छन् । बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका ढकालले नाम उल्लेख नगरी गगन थापातर्फ संकेत कांग्रेसलाई कमजोर बनाउन पार्टीभित्रकै गिरोहले भूमिका खेलेको आरोप लगाएका हुन् ।
संसदीय दल कब्जा गर्ने कुरा उल्लेख गरेबाट पनि उनले गगन थापातर्फ नै संकेत गरेको अनुमान सहजै लगाउन सकिन्छ । ढकालले सामाजिक सञ्जालमा लेखेका छन्–‘रवि लामिछानेसँगको साँठगाँठमा कांग्रेसका उच्चस्तरका नेतालाई हराएर संसदीय दल कब्जा गरी प्रधानमन्त्री हुने सपना नदेख्नुस् नेताजी ।’
ढकालले लेखेका छन्–‘तपाईप्रतिको मेरो आस्था र सम्मान यो निर्वाचनले घृणामा प्रणित भएको छ ।’
ढकाल गृहमन्त्री बालकृष्ण खाँणका निकट मानिन्छन् । खाँण गृहमन्त्री भएपछि उनी प्रहरीका सरुवा बढुवादेखि विभिन्न ठेक्कापट्टा मिलाउने बीचौलियाका रुपमा काम गर्दैआएका थिए । लामिछानेसँग मिलेर गृहमन्त्री खाँणलाई पराजित गरेकोमा उनी बढी आक्रोशित भएका हुन् । ढकाल कांग्रेस निकट ब्यवसायीबीचमै पनि बिचौलियाका रुपमा चिनिन्छन् । उनले ब्यवसायी ब्यवसायी जुधाउने काम समेत गर्दैआएका छन् । मन्त्रीहरुसँग निकट भएर विदेशमा श्रम सहचारी नियुक्तिमा समेत उनले बिचौलियाको काम गर्ने गरेका छन् ।
२०७२ मा बंगलादेशी मूलका मलेसियन बिचौलिया अमिनसँग मिलेर तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेको फ्री भिसा फ्री टिकटबिरुद्ध म्यानपावर ब्यवसायीले गरेको आन्दोलन पनि उनकै कारण असफल भएको आरोप लागेको थियो । ढकाल त्यतिबेला बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष थिए । अमिनले तत्कालीन राज्यमन्त्रीलाई करोडांै घुस दिएर फ्री भिसा फ्री टिकट लागू गर्दा मलेसियाले नेपालबाट होइन, बंगलादेशबाट कामदार लग्न सुरु गरेको थियो ।
किसान श्रेष्ठ मन्त्री भएपछि पनि ढकाल नेपालबाट २५ वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिएर सिन्डीकेट खडा गर्न अमिनसँगै मिलेका थिए । तर त्यो लागू गराउन किसान श्रेष्ठले समेत आँट गर्न सकेनन् । तिनै ढकालले मलेसियामा जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण र भीएलएनका नाममा एक जनाबराबर १८ हजार रुपैयाँ लिने कार्यको बिरोध हुँदा पनि अमिनकै प्रभावमा परी मौन बसेका थिए ।
बिमल ढकालले गृहमन्त्रीको शक्तिको दुरुपयोग गर्दै आफ्ना भाइ दीपक ढकाललाई मलेसियाको राजदूतबासमा सरुवा गराउन सफल भएका छन् । उनका भाइको काम भनेको मलेसियाबाट दाजु बिमलको कम्पनीको लागि कामदारको डिमान्ड मिलाउने हुँदैआएको छ । दूताबासका कर्मचारी ढकालको काम नै डिमाण्ड संकलन गर्ने हुँदैआएको छ ।

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend