काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर पार्टी हराउन लागेको उजुरी परिसकेको छ । कांग्रेस निकट म्यानपावर ब्यवसायी विमल ढकालले समेत थापालाई रवि लामिछानेसँग मिलेर पार्टीका नेताहरु हराएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस निकट म्यानपावर ब्यवसायी संघका अध्यक्ष ढकालले सामाजिक संजाल फेसबुकमा यस्तो आरोप लगाएका हुन् । गृहमन्त्री बालकृष्ण खाँण पराजित भएपछि आक्रोशित भएका ढकालले थापामाथि पार्टीको पदाधिकारी भएर शीर्षनेता हराउन लागेको आरोप लगाएका हुन् । उनले गगन थापातर्फ संकेत गर्दै गिरोहकै संज्ञा दिएका छन् । बैदेशिक रोजगार ब्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका ढकालले नाम उल्लेख नगरी गगन थापातर्फ संकेत कांग्रेसलाई कमजोर बनाउन पार्टीभित्रकै गिरोहले भूमिका खेलेको आरोप लगाएका हुन् ।
संसदीय दल कब्जा गर्ने कुरा उल्लेख गरेबाट पनि उनले गगन थापातर्फ नै संकेत गरेको अनुमान सहजै लगाउन सकिन्छ । ढकालले सामाजिक सञ्जालमा लेखेका छन्–‘रवि लामिछानेसँगको साँठगाँठमा कांग्रेसका उच्चस्तरका नेतालाई हराएर संसदीय दल कब्जा गरी प्रधानमन्त्री हुने सपना नदेख्नुस् नेताजी ।’
ढकालले लेखेका छन्–‘तपाईप्रतिको मेरो आस्था र सम्मान यो निर्वाचनले घृणामा प्रणित भएको छ ।’
ढकाल गृहमन्त्री बालकृष्ण खाँणका निकट मानिन्छन् । खाँण गृहमन्त्री भएपछि उनी प्रहरीका सरुवा बढुवादेखि विभिन्न ठेक्कापट्टा मिलाउने बीचौलियाका रुपमा काम गर्दैआएका थिए । लामिछानेसँग मिलेर गृहमन्त्री खाँणलाई पराजित गरेकोमा उनी बढी आक्रोशित भएका हुन् । ढकाल कांग्रेस निकट ब्यवसायीबीचमै पनि बिचौलियाका रुपमा चिनिन्छन् । उनले ब्यवसायी ब्यवसायी जुधाउने काम समेत गर्दैआएका छन् । मन्त्रीहरुसँग निकट भएर विदेशमा श्रम सहचारी नियुक्तिमा समेत उनले बिचौलियाको काम गर्ने गरेका छन् ।
२०७२ मा बंगलादेशी मूलका मलेसियन बिचौलिया अमिनसँग मिलेर तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले लागू गरेको फ्री भिसा फ्री टिकटबिरुद्ध म्यानपावर ब्यवसायीले गरेको आन्दोलन पनि उनकै कारण असफल भएको आरोप लागेको थियो । ढकाल त्यतिबेला बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष थिए । अमिनले तत्कालीन राज्यमन्त्रीलाई करोडांै घुस दिएर फ्री भिसा फ्री टिकट लागू गर्दा मलेसियाले नेपालबाट होइन, बंगलादेशबाट कामदार लग्न सुरु गरेको थियो ।
किसान श्रेष्ठ मन्त्री भएपछि पनि ढकाल नेपालबाट २५ वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउन अनुमति दिएर सिन्डीकेट खडा गर्न अमिनसँगै मिलेका थिए । तर त्यो लागू गराउन किसान श्रेष्ठले समेत आँट गर्न सकेनन् । तिनै ढकालले मलेसियामा जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण र भीएलएनका नाममा एक जनाबराबर १८ हजार रुपैयाँ लिने कार्यको बिरोध हुँदा पनि अमिनकै प्रभावमा परी मौन बसेका थिए ।
बिमल ढकालले गृहमन्त्रीको शक्तिको दुरुपयोग गर्दै आफ्ना भाइ दीपक ढकाललाई मलेसियाको राजदूतबासमा सरुवा गराउन सफल भएका छन् । उनका भाइको काम भनेको मलेसियाबाट दाजु बिमलको कम्पनीको लागि कामदारको डिमान्ड मिलाउने हुँदैआएको छ । दूताबासका कर्मचारी ढकालको काम नै डिमाण्ड संकलन गर्ने हुँदैआएको छ ।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend