सुर्खेत । कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका छन् । २४ सिट रहेको प्रदेशसभामा सुर्खेत, डोल्पा र हुम्लाबाट पुराना चार जना प्रदेशसभा सदस्य दोहोरिएका छन् ।
दोहोरिनेमा सुर्खेत क्षेत्र नम्बर २ (ख) बाट नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, सुर्खेत क्षेत्र नम्बर २ (क)बाट नेकपा एमालेका यामलाल कँडेल र हुम्ला (ख) बाट कांग्रेसका जीवनबहादुर शाही र डोल्पा प्रदेश (क) बाट वीरबहादुर शाही निर्वाचित भएका छन् ।
नयाँ अनुहारमा दैलेख क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बीसी विजयी भएका छन् । सल्यान प्रदेश सभा (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारी रुकुमपश्चिम प्रदेश सभा (क) मा माओवादीका महेन्द्र केसी (ख) मा राजकुमार शर्मा विजयी भएका छन् ।
सुर्खेत क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल, क्षेत्र नम्बर १ (ख) मा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जीसी, दैलेख क्षेत्र नम्वर २ को (क)बाट घनश्याम भण्डारी, दैलेख २ (ख) मा एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाह, जाजरकोट प्रदेश सभा (क) मा कांग्रेसका वेदराज सिंह, प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् ।
कालिकोट प्रदेश सभा (क) बाट माओवादीका दुर्गबहादुर रावत , प्रदेश सभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट , डोल्पा प्रदेश सभा (क) मा एमालेका शेरबहादुर बुढा , हुम्ला प्रदेश सभा (क) बाट माओवादीका रणसिंह परियार, मुगु (क) मा एमालेका जितबहादुर मल्ल, मुगु (ख) मा माओवादीका मङ्गलबहादुर शाही, जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवार देवेन्द्रबहादुर शाही, जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई पनि नयाँ अनुहार रहेका छन् । हेमन्त केसी/न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend