Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रामेछापमा कांग्रेसका तामाङ निर्वाचित, १६ हजार ३६९ मतान्तरले एमालेका ढुंगेल पराजित


    आइतबार, मंसिर ११ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । 

    तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त  गर्दा ढुंगेलले ३० हजार ७२९ मतमा सीमित भए ।

    तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।

    प्रदेशसभातर्फ पनि लोकतान्त्रिक वाम गठबन्धनकै उम्मेदवार नेकपा माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाई बिजयी भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार