काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम २ मा एमालेले कांग्रेसलाई मिलाएर धाँधली गरेको रहस्य खुलेको छ । खसेको मत भन्दा बढी मतपत्र देखिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनालले मतगणना नै बहिस्कार गरेका छन् ।
सूर्योदय नगरपालिका को हिमालय मावि मतदान केन्द्रका १ (क) र (ग) बुथ, सिंहदेवी मावि र सूर्योदय ३ को साविक वडा समितिको कार्यालय (ख), (ग) र (घ) मतदान केन्द्रमा खसेको भन्दा २ सय ६६ वटा बढी मतपत्र भेटिएको छ । यसअघि खसेको भन्दा थोरै मतपत्र भेटिएको इलाम २ मा शनिबार बिहान मतगणना गर्ने क्रममा बढी मतपत्र भेटिएको हो ।
युवासंघ नेपालका उपाध्यक्ष संजीव राईले भने–एमालेले बुथकब्जा गरेकाले खसेको मतपत्रभन्दा बढी मतपत्र भेटिएको हो । यदि बुथकब्जा नगरेको भए कसरी भेटिन्छ ?
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मतगणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने दावी गरेका छन् । इलाम २ मा उनले सुरुबाटै त्रुटि भएकाले पुनः मतगणना गर्न माग गरेका छन् । खनालले भने– खसेको भन्दा धेरै गणना कसरी हुन्छ ? कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । यो धाँधलीकै जीउँदो प्रमाण हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend