काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम २ मा एमालेले कांग्रेसलाई मिलाएर धाँधली गरेको रहस्य खुलेको छ । खसेको मत भन्दा बढी मतपत्र देखिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनालले मतगणना नै बहिस्कार गरेका छन् ।
सूर्योदय नगरपालिका को हिमालय मावि मतदान केन्द्रका १ (क) र (ग) बुथ, सिंहदेवी मावि र सूर्योदय ३ को साविक वडा समितिको कार्यालय (ख), (ग) र (घ) मतदान केन्द्रमा खसेको भन्दा २ सय ६६ वटा बढी मतपत्र भेटिएको छ । यसअघि खसेको भन्दा थोरै मतपत्र भेटिएको इलाम २ मा शनिबार बिहान मतगणना गर्ने क्रममा बढी मतपत्र भेटिएको हो ।
युवासंघ नेपालका उपाध्यक्ष संजीव राईले भने–एमालेले बुथकब्जा गरेकाले खसेको मतपत्रभन्दा बढी मतपत्र भेटिएको हो । यदि बुथकब्जा नगरेको भए कसरी भेटिन्छ ?
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मतगणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने दावी गरेका छन् । इलाम २ मा उनले सुरुबाटै त्रुटि भएकाले पुनः मतगणना गर्न माग गरेका छन् । खनालले भने– खसेको भन्दा धेरै गणना कसरी हुन्छ ? कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । यो धाँधलीकै जीउँदो प्रमाण हो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend