सिरहा । सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
सिराहा १ मा एमालेका रामशंकर यादव, क्षेत्र नं. २ मा जसपाका नेता राजकिशोर यादव , क्षेत्र नं. ३ मा एमालेकै नेता पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ पुनः निर्वाचित भएका छन् भन्ने ४ नम्बर क्षेत्रमा डा. विरेन्द्रप्रसाद महतो निर्वाचित भएका हुन् ।
प्रदेशसभामा मिश्रित परिणाम
प्रदेशसभातर्फका आठ क्षेत्रमा भने मिश्रित परिणाम आएको छ । एमाले-जसपा गठबन्धन र पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन र अन्य स-साना दलले उम्मेदवारी दिए पनि एमाले गठबन्धन, सत्ता गठबन्धन र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
सिरहा १ (क) मा एमालेका राजेन्द्रप्रसाद चौधरी थारुले विजय भएका छन् । यसैगरी, प्रदेश ‘ख’मा जनता समाजवादी पार्टीका राजकुमार गुप्ता विजय भए ।
क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीका संजय यादब र निर्वाचन क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका सत्रुधनप्रसाद सिंह विजय भएका छन् ।
सिरहा ३ ‘क’ मा एमालेका मनोज सिंह विजयी भए भने (ख) मा बाम-लोकतान्त्रिक गठबन्धनका एकीकृत समाजवादीका प्रमोदकुमार यादबले निर्वाचित भएका छन् ।
सिरहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । ‘ख’मा सात्ता गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका राम बाबु यादव निर्वाचित भएका छन् ।
सिराहाको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगनणा सकिएको र समानुपातिक तर्फको मतगणना जारी रहेकाे मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जनाएका छन् । जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र २ अन्य मतदातासहित जम्मा चार लाख २२ हजार ७१ मतदाता छन् । मुकेशकुमार यादव/न्युज कारखाना
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend