Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चीनको उत्तरपश्चिमी सिन्जियाङमा आवासीय भवन आगलागी, १० जनाको मृत्यु


    शनिबार, मंसिर १० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेइजिङ। चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ । आगलागीमा ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । 

    ‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ । घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ ।

    कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् । यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए ।

    अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार