Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध


    शनिबार, मंसिर १० २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। 

    दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।  देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

     राति प्रदेश १ का हिमाली भूभागका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ ।

    आइतबार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ ।  चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार