Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सरुवा भएका उपसचिवको उद्योग मन्त्रालयमा हालीमुहाली 


    शनिबार, मंसिर १० २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुका निजी सचिव दुर्गा भूसाल कानुनतः परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् । तर उनी सरुवा भएको महिना बितिसक्दा पनि उद्योग मन्त्रालयमा मन्त्रीको पीएकै हैसियतामा कार्यरत छन् । 

    जेनेभाको उपमहाबाणिज्यदूतमा मापदण्ड बिपरीत नियुक्त भएका भूसालले रमाना लिएको पनि महिना बितिसकेको छ । कर्मचारीले रमाना लिनु भनेको पूर्ववतः कार्यालयमा बाँकीबक्यौता नहुनु हो । बरबुझारथ गरी खटाएको कार्यालयमा २१ दिनभित्र जानैैपर्ने निजामती सेवा ऐनमा ब्यवस्था छ । तर यो नियम उपसचिव भूसाललाई लागू हुनसकेको छैन । आफूले प्रयोग गर्दैआएको ल्यापटप र सरकारी गाडी रमानापत्रसँगै परराष्ट्रमा हाजिर हुन पुगेका भूसालको उक्त रबैयामा मन्त्रालयको प्रशासन शाखा साक्षी बसेको छ ।

    प्रशासन शाखाका उपसचिव लेखनाथ न्यौपानेले भूसाल मन्त्रीको पीए भएकै कारण ऐन नियमबिपरीत बरबुझारथ नगरी रमानापत्र दिएका छन् । अरु कर्मचारीलाई आवश्यकता भन्दा बढी कडा मिजास देखाउने न्यौपाने भूसालका हकमा नतमस्तक देखिनुलाई शक्तिको दुरुपयोगको रुपमा लिइएको छ । यतिसम्म कि भूसालले सम्हाल्दैआएको दोहोरो भूमिका समेत खोसिएको छैन । बहुपक्षीय ब्यापार प्रबद्र्धन शाखा मातहत रहेको आकर्षक आयोजनाको 
    भूसाल लामो समय उद्योग विभागमा समेत बसेर अकूत सम्पत्ति आर्जन गर्न सफल कर्मचारीमा पर्दछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार