पोखरा । गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा. सशांक कोइरालाले लगातार चौंथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् ।
प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए ।
गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २ सय भन्दा बढी मत अन्तरले पराजीत गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् ।
नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । उनले एमालेका कृष्ण पौडललाई करिव २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेद्वार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे ।
गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सीटमा चुनाव जितेको छ भने एमालेले ५ सीटमा जित निकाल्यो । २ सीटमा माओवादी र १ सीटमा जनमोर्चा विजयी भएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend