पोखरा । गण्डकी प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभाव छेड्न सक्ने ‘हेभिवेट’ उम्मेदवार निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसम्म निर्वाचित भए । प्रचण्ड गोरखाबाट निर्वाचित हुँदा केसी बागलुङबाट सांसदमा निर्वाचित भए । लमजुङबाट एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाजी मारे । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन् भने नवलपुरबाट कांग्रेस नेता डा. सशांक कोइरालाले लगातार चौंथो पटक निर्वाचन जिते । बागलुङबाट शिक्षामन्त्री समेत रहेका माओवादी नेता देवेन्द्र पौडेल विजयी भएका छन् ।
प्रचण्ड पहिलो पटक गण्डकीबाट चुनाव जितेका हुन् । गोरखा २ बाट चुनाव लडेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार भन्दा बढी मत अन्तरले हराए । रामचन्द्र पौडेलले तनहुँ १ बाट एमालेका एकबहादुर रानालाई ६ हजार मतान्तरले हराए ।
गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ लमजुङबाट चुनाव जितेका छन् । उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाइ ३ हजार २ सय भन्दा बढी मत अन्तरले पराजीत गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङ १ मा एमालेका सूर्य पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराउँदै संसद यात्रा तय गरेका छन् ।
नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहो¥याए । उनले एमालेका कृष्ण पौडललाई करिव २ हजार मत बढी ल्याएर हराएका हुन् । बागलुङ २ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमाले उम्मेद्वार मन्जु शर्मालाई ३ हजार बढी मतान्तरले पराजीत गरे ।
गण्डकीबाट प्रतिनिधिसभाका लागि १८ क्षेत्रमध्ये हालसम्म १७ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भैसकेको छ । हालसम्म नेपाली कांग्रेसले ९ सीटमा चुनाव जितेको छ भने एमालेले ५ सीटमा जित निकाल्यो । २ सीटमा माओवादी र १ सीटमा जनमोर्चा विजयी भएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend