Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सचिव लेखराज भट्टको जिल्लामा एमाले निल


    शुक्रबार, मंसिर ९ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृहजिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ ।

    कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेशसभामै निल बनेको छ ।

    २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । 

    तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो । प्रतिनिधि सभा तर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् ।

    प्रदेशसभा तर्फ पनि सुदूरपश्चिममा एमाले निल भएको छ । कैलालीका १० वटा प्रदेश सभा क्षेत्र मध्य एमालले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो ।

    एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजि पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए । 

    त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र ख मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए । तर ९ मध्य एक जनाले पनि जीत हाँशील गर्न सकेनन् । नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ । मोहन जोशी/न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार