Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ ।

    अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

    प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार