Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा उपाध्यक्ष प्रधानले पूर्वगृहराज्यमन्त्री कँडेललाई हराए


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पश्चिम नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएका हुन् ।

    प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् ।
    प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार