चितवन । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा अगाडि सारेका देवी ज्ञवाली पराजित भएका छन् । चितवन–२ ‘ख’ प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार उत्तम जोशीसँग उनी पराजित भएका छन् । सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका जोशीले ज्ञवालीलाई ५६२ मतान्तरले पराजीत गरेका छन् ।
जोशीले १३ हजार ३०६ मत ल्याई बिजयी भएका छन् भने ज्ञवालीले १२ हजार ७४४ मत प्राप्त गरी उपबिजेता बनेका छन् । ज्ञवाली २०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । मतगणनाका क्रममा मतपत्र च्यातेर ज्ञवालीलाई हराएको आरोप एमाले र उनी स्वयंले लगाएका थिए ।
ज्ञवालीले निर्वाचनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउँछु भन्दै अन्तर्वार्ता र भाषण गरेका भिडियो अहिले पनि अर्काइभमा सर्च गरी हेर्न सकिन्छ । प्रचण्ड चितवन ३ मा उम्मेदवार भएमा हराउने दाबी उनले गएको असोजमा गरेका थिए ।
भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा रहेका ज्ञवालीलाई चितवनबासीले प्रदेशमा समेत पत्याएनन् । चितवन २ को प्रतिनिधिसभामा रवि लामिछानेले सबैभन्दा बढी मतान्तरमा जित्दा चर्चित पात्र ज्ञवाली भने पराजीत भएका छन् । उनको पराजयको समाचार रवि लामिछानेको बिजयका कारण ओझेलमा परेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend