Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार महिनामा १० अर्बभन्दा बढीको मोबाइल आयात


    बिहिबार, मंसिर ८ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन-कात्तिक) मा १० अर्ब १० करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको छ । ७ लाख २९ हजार ३ सय ९५ सेट स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    सरकारले ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोनलाई प्रतिबन्ध लगाएको छ । त्यसैले महँगोभन्दा पनि कम मूल्यमा स्मार्टफोनहरू आयात भइरहेका छन् । जसको कारण मोबाइलको आयातमा समेत घट्दै गइरहेको तथ्यांकले देखाएको छ । 

    smartphone-import.PNG.png

    दसैंलाई लक्षित गर्दै ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी मूल्यमा स्मार्टफोन भित्रिएको थियो । तर त्यसपछिका महिनाहरूमा स्मार्टफोन आयात घट्दै गइरहेको छ । असोजमा २ अर्ब ३५ करोड रुपैयाँको स्मार्टफोन आयात भएको थियो । कात्तिकमा भने १ अर्ब ५७ करोड रुपैयाँ मात्रै स्मार्टफोन आयात भएको छ । 

    महँगा स्मार्टफोनमा सरकारले कडाइ गर्दा वैधरुपमा यसको कटौती भए पनि नयाँ ब्राण्डका महँगम स्मार्टफोनहरू बजारमा पाइरहेका छन् । यसबाट अवैध रुपमा स्मार्टफोन भित्रिरहेको आशंका बढाएको छ । अवैध कारोबारलाई रोक्न नसक्ने तर वैध माध्यमबाट भित्रिन नदिँदा यसले सरकारको राजस्वमा मात्रै अस परिरहेको छ । हालसम्म स्मार्टफोन आयातमार्फत सरकारले १ अर्ब ८८ करोड रुपैयाँ भन्सार संकलन गरेको छ । 

    सरकारले गत भदौ मसान्तबाट मोबाइल सेटहरूमा नियमन प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा चोरी पैठारी तथा अवैधरूपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्रणाली कार्यान्वयनमा ल्याएको दाबी गर्दै आएको छ। तर, यसको तुलनात्मक फाइदा भने देखिएको छैन। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार