काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल चुनावअघि चर्चामै नआएका नेपाल स्वतन्त्र पार्टीका शिशिर खनालसँग ५ हजार २९३ मतान्तरले पराजित भएका छन् । सर्वेन्द्र खनाल चुनावको मुखमा एमालेमा प्रवेश गरेका हुन् । एमालेले काठमाडौं ६ मा कोही उम्मेदवार नपाएपछि उनलाई उठाएको थियो । खनालले नेपाल प्रहरीमा हुँदाका बर्दीसहितका पुराना भिडियोहरु सामाजिक संजालमा सेयर समेत गरेका थिए ।
२०७६ मा तत्कालीन केपी ओली सरकार टिकाउन जसपा विभाजन गर्नका लागि महेश बस्नेतसँगै सांसद डा.सुरेन्द्र यादवको ‘अपहरण’ गर्न महोत्तरी गएको आरोप लागेका उनी यसबीचमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पनि पटक पटक वार्ता गर्न गए । तर राप्रपाले उनलाई पार्टीमा उनले मागेको पद नदिने जवाफ लिङ्देनले दिएपछि उनी एमालेमा प्रवेश गरी काठमाडौं ६ मा उम्मेदवार भएका थिए । तर नामै नसुनिएका नेस्वपाका सगोत्री शिशिर खनालसँग सर्मनाक ढंगले पराजीत भए । पूर्वआइजीपी खनाल अगाडि पछाडि तामझामका साथ बडीगार्डसहित चुनाव प्रचारमा जाने गरेका थिए । तर सामाजिक संजालमा मात्र प्रचार गरेका शिशिरले चुनाव जिते ।
सर्वेन्द्र खनालमात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वएआजी र डीआइजीहरु पनि पराजीत भएका छन् । एमालेबाट ललितपुर १ मा उम्मेदवारी दिएका पूर्वडीआइजी नवराज सिलवाल नेपाली कांग्रेसका उदयशमशेर राणासँग पराजीत भएका छन् । राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरी बिजयी हुँदा सिलवाल१९ हजार दुई सय ६६ मत प्राप्त गरी ४ हजार ६२६ मतान्तरमा पराजीत भएका छन् ।
सिलवाल २०७४ मा राणालाई नै पराजीत गरी बिजयी भएका थिए । २०७३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपीमा बढुवा नगरेपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई ललितपुर १ बाट सांसदको टिकट दियो र बाम गठबन्धनका कारण उनी जित्न सफल भएका थिए । यो पटक उनी पराजीत भए ।
त्यसैगरी, सर्वेन्द्र खनालका ब्याची पूर्वडीआइजी रमेश खरेल पनि प्रहरीबाट राजीनामा दिएपछि राजनीतिमा हाम्फालेका थिए । उनी पनि काठमाडौं १ बाट पराजीत भएका छन् । चुनावअघि ठूलै तामझामसहित प्रचार देखिए पनि उनी चौथो उपबिजेता भएका छन् । बिजयी नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७१४३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी राप्रपाका रविन्द्र मिश्रलेमिश्रले ७०१८ मत पाएका छन् । दोस्रो उपबिजेता नेस्वपाका उम्मेदवार पुकार बमले ४११५ मत पाएका छन् । तेस्रोमा एमालेका किरण पौडेलले ३५३२ मत र खरेलले ३१२४ मत पाएका छन् । खरेलले नेपाल प्रहरीमा हुँदा गरेका कामहरुको बयान सचारमाध्ममा गर्दा पनि उनलाई जनताले पत्याएनन् । बरु उनले मत काट्दा कारण रविन्द्र मिश्र पराजीत भए ।
त्यसैगरी, काठमाडौं ४ मा राप्रपाबाट उम्मेदवारी दिएका सशस्त्र प्रहरी बलका एआइजी ठाकुरमोहन श्रेष्ठले ४०५० मत प्राप्त गरेका छन् । २१३०२ मत प्राप्त गरी काठमाडौं ४ मा गगन थापा बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईले १३८८५ मत पाएका छन् । ठाकुरमोहन दोस्रो उपबिजेता बनेका छन् ।
त्यसैगरी नवलपरासी २ मा राप्रपाबाट उम्मेदवारी दिएका पूर्व आइजीपी धु्रवबहादुर प्रधान भने बिजययात्रामा छन् । उनको जित निश्चित जस्तै छ । प्रधान पूर्वगृहराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका देवेन्द्रराज कँणेल उर्फ मुन्नाबाबुभन्दा फराकिलो मतान्तरका साथ बिजयको यात्रामा छन् । यसअघिका निर्वाचनमा देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले कणँेलको भन्दा झन्डै दोब्बर मतका साथ अग्रता हासिल गरेका छन् ।
धु्रवबहादुर प्रधान २०५४ मा छोटो समय नेपाल प्रहरीको आइजीपी भएका थिए । अच्यूतकृष्ण खरेललाई हटाएर तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उनलाई आइजीपी नियुक्ति गर्दा ठूलो विवाद भएको थियो । पछि खरेल अदालतको आदेशले पुनर्वहाली भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend