Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गायक उत्तम पौडेलको पूर्वेली लोकगीत खुर्कोट बजारमा सार्वजनिक


    शुक्रबार, असोज २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गायक तथा सर्जक उत्तम पौडेलको पूर्वेली लोकगीत खुर्कोट बजारमा सार्बजनिक भएको छ । उत्तम पौडेलको आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा  पूर्वेली गायिका सुनिता थेगिमले साथ दिएकी छिन्।

    यस गीतमा रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष तथा धेरै स्कुलमा संगीतको अध्यापन गराउदै आएका गायक पौडेल र चर्चित पूर्वेली गायिका सुनिता थेगिमको स्वर रहेको छ । सुरज चन्द्र घिसिङ्ग र सम्झना राईको अभिनयमा भिडियो निर्माण भई बिशान्त् क्रियसन युट्यूब च्यानल मार्फत सार्बजनिक भएको सो गीतको रेकर्डिङ ए प्लस रेकर्डिङ स्टुडियोमा भएको हो ।

    गत असोज ९ गते आयोजित रामेछाप साँस्कृतिक साँझ ( दशैँ विशेष कार्यक्रममा ) गीतको बिमोचन गर्दै गायक तथा सर्जक पौडेलले पूर्व खोटाङको दिक्तेल बजार र खुर्कोट बजारको शीर्षक रहेको उक्त गीत बिपी राजमार्ग हुँदै काठमाडौँबाट पूर्व जाने रुटका सम्पूर्ण दर्शक स्रोताहरुको मागलाई मध्यनजर गर्दै एउटा फरक शैलीको कोसेली पस्किने कोशिस गरिएको बताए ।

    गायक पौडेलले दर्जनभन्दा बढी गीतमा स्वर दिएका छन्। यस्तो छ  बिशान्त् क्रियसन युट्यूब च्यानल मार्फत सार्बजनिक भएको गायक पौडेलको गीत

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार