काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू हुने भएको छ ।
कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो।यो बर्ष भने भौतिक रुपमै एसईई हुँदै छ ।
आज ८ बजेबाट सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ। बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् ।
यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
यो बर्ष एसईईमा नेपालीले सञ्चालन गरेको जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।