वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यागेर नेकपा एमाले प्रवेश गरेका नेताहरु धमाधाम पुनः जसपामै फिर्ता आउन थालेका छन् ।
बुधबार मात्रै जसपा त्यागेर एमाले गएका दुई जना वडा सदस्य पुनः जसपामै फर्केका हुन् । जसपा फर्किनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बाट निर्वाचित नगर परिषद् सदस्य मुस्तुफा अन्सारी र वडा नम्बर ५ का नगर परिषद् सदस्य सुरज कुर्मी रहेका छन् ।
जसपाको नेतृत्वसँग असन्तुष्टिका कारण पार्टी त्यागेर एमाले गएका उनीहरु पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् प्रदीप यादव र युवा नेता राजेशमान सिंहको विशेष पहलमा फिर्ता आएका हुन् । नेतृत्वले असन्तुष्टिलाई सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरु फिर्ता आएको बुझिएको छ ।
फिर्ता आएका दुवैलाई सांसद् यादव र नेता सिंहलगायतले फुलमाला लगाई जसपाको वीरगञ्जस्थित सम्पर्क कार्यालयमा स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गर्दै सांसद् यादवले नेकपा एमालेले मधेशवादको खोल ओढेर पर्साका जनतालाई झुक्याईरहेको आरोप लगाए । मधेशी जनतामाथि गोली प्रहार गर्ने एमाले आज मधेशवादी बनेर भ्रम फैलाइरहेको उनले बताए ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाको जसपाबाट मेयरका उम्मेदवारसमेत रहेका राजेशमान सिंहले मुस्तफा र कुर्मीको प्रवेशले जसपा थप सशक्त बनेको जिकिर गरे । उनले महानगरमा जसपा भारी बहुमतले विजयी हुने दावी गर्दै एमालेको पत्ता साफ हुने बताए । उनीहरुलाई स्वागत गर्नेमा युवा नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल लगायतको रहेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend