Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार आरोपी सांसद बानियाँ पक्राउ


    सोमबार, फाल्गुन १६ २०७८
    1.6K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौं । मुगुबाट प्रतिनिधित्व गर्ने नेकपा(एमाले)का सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बाँके प्रहरीले उनलाई नेपालगञ्ज विमानस्थलबाट  नियन्त्रणमा लिएकोा छ ।

    सांसद बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा गएको माघ २७ मा बलात्कारको जाहेरी दिएकी छन् । ती महिलाले सांसद बानियाँले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर आफूलाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

    सांसद बानियाँ पूर्वमन्त्री पनि हुन् । जुम्लाकी महिलासँग उनले २५ लाख रुपैयाँ सापटी लिएका लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई बानियाँले नेपालगञ्जमा बोलाएका थिए । महिलालाई होटलमा बोलाएर पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितले आरोप लगाएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार