Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते


    आइतबार, माघ २ २०७८
    1.4K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • ओखलढुंगा । धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे । 

    ना१ज ४९५१ नम्बरकाे नाैजना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी  दिए । 

    उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार