काठमाडौं, १९ जेठ । चोरी नियन्त्रणका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाले चलाएको विशेष अभियान अन्तरगत रातको समयमा सुन पसल चोरी गर्ने तीन जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीका मिलन तामाङ, नुवाकोटका प्रेम तामाङ र भारतीय नागरिक ऋषिमुनि कुमार छन् ।
महाशाखाका एसएसपी दिपक थापाले मिलनले चोरी गरेर प्रेम र ऋषिमुनिलाई सामान विक्री गरेको अनुसन्धानबाट खुलेको बताए ।
अन्दाजी दुई लाख २३ हजार ८ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा उनी संलग्न छन्’, थापाले भने, ‘उनीहरुलाई थप अनुुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएका छौं ।’
मिलनले काठमाडौं, सरकारीधारास्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडेर सुन, चाँदीका गहना चोरी गरेको थापाको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट गरगहना समेत बरामद गरेको छ ।