काठमाडौं, १९ जेठ । मौसम पूर्वानुमान महाशाखाले सोमवार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने नेपालका पूर्वी भू -भाग नजिकै निम्न चापीय रेखा रहेको छ ।
देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।