Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ


    आइतबार, जेष्ठ १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी, १८ जेठ।ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका -२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका -१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट हिजो शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४/५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा प्रहरी जवान सामान्य घाइते भएका छन् । घाइते प्रहरी जवानलाई उपचारको लागि स्थानिय धर्मेश्‍वर अस्पताल ठेलिया लगिएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार