काठमाडौं, १८ जेठ । थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले भर्खरै १६६ जना नयाँ संक्रमितको संख्या सार्वजनिक गरेको छ । यो संगै नेपालमा संक्रमितको संख्या १५६७ पुगेको छ ।
आजमात्र कोरोनालाई जितेर डिस्चार्ज हुने एकजना सहित डिस्चार्ज हुनेको संख्या जम्मा २२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।