Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान संशोधन प्रस्ताव संसदमा पेश


    आइतबार, जेष्ठ १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, १८ जेठ । सरकारले निशान छाप सम्बन्धी दोस्रो संशोधन बिधेयक संसदमा पेश गरेको छ । आइतबार बिहान कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गरेकी थिइन् ।

    नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धी निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ ।

    संविधान संशोधनको पक्षमा नेकपा, नेपाली कांंग्रेसले मतदान गर्ने निश्चित छ । प्रस्तावित जनता समाजवादी पार्टीभित्र तत्कालीन राजपाले विपक्षमा र समाजवादी पार्टीले संशोधनको पक्षमा मतदान गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार