काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको सीमा मिचिंदा पनि नदुख्ने र विदेशीले सीमा मिचेको ठीक हो भनेर मतदान गर्ने पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी(राजपा) इतिहासमा कलंकित हुने भएको छ । महन्थ ठाकुर जस्ता प्रजातन्त्रका लागि लामो योगदान गरेका बयोबृद्ध नेता जीवनको अन्तिम घडीमा कलंकित हुने भएका छन् । राजपाले संविधान संशोधनको विपपक्षमा मतदान गर्ने पक्षमा पुगे पनि उक्त पार्टीसँग एकता गरेको समाजवादी पार्टीले भने संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।
नेपालको संसदमा सत्तारु दल नेकपा, प्रमुख विपक्षी नेपाली कांग्रेस, तेस्रो पार्टीका रुपमा चिनिएको समाजवादी लगायतका राप्रपा, मसाल सबैले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएका छन् । राष्ट्रियताको मामलामा संसदमा एकमतका साथ संविधान संशोधन गराउने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उनले त्यसका लागि सर्वदलीय बैठकमा सबै पार्टीलाई अनुरोध पनि गरिसकेका छन् । तर भारतले नक्सा जारी हुनै नदिने, भइसकेपछि संसदबाट अनुमोदन हुन नदिनका लागि नेपाली कांग्रेसभित्र खेल्न खोज्यो । तर त्यसमा पनि असफल भइसकेपछि अब नेपालको संसदले एकमतका साथ संविधान संशोधन हुन नदिने खेलमा छ । त्यसका लागि राजपालाई उसले अगाडि सारेको छ ।
एकता नटुंगिंदै विभाजनतिर
पदीय भागबण्डालाई थाँती राखेर रातारात एकता प्रक्रिया सुरु गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) भित्र संविधान संशोधन प्रस्तावले पुनः विभाजनको रेखा कोरेको छ । समाजवादी पार्टीले सीमा जस्तो कुरामा संविधान संशोधन हुनलागेकाले त्यसमा समर्थन गर्ने मत राखेको छ । तर राजपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ । यसरी एकता प्रक्रिया सार्थक नहुँदै दुवै पार्टीमा मनोमालिन्य बढेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सा समेटेर निशान छाप फेर्नका लागि संविधान संशोधन हुँदैछ । संविधान संशोधनका पक्षमा संसदभित्र सर्वसम्मत बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ मा सर्वदलीय बैठक बोलाएका थिए । त्यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिबाट निर्णय गराउनुपर्ने भएकाले केही दिन संविधान संशोधन संशोधनको प्रस्ताव संसदको कार्यसूचीमा राख्न अनुरोध गरेका थिए । कांग्रेसले शनिबार संविधान संशोधनको पक्षमा मतदान गर्नका लागि संसदीय दललाई निर्देश गर्ने निर्णय गरिसकेको छ । तर प्रस्तावित जनता समाजवादी पार्टी(तत्कालीन राजपा र समाजवादी)ले संविधान संशोधनको पक्ष वा विपक्षमा मत हाल्ने निर्णय गरेका छैनन् । राजपाका नेताहरुले संविधान संशोधनको विपक्षमा मत हाल्ने भएका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend