Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरमा २३ वर्षीया सुत्केरीलाई कोरोना सङ्क्रमण


    आइतबार, जेष्ठ १८ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर, १८ जेठ । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा हिजो कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    उनी यही जेठ ११ गते ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् । जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा आज पोजेटिभ देखिएको हो । महिला यही जेठ १५ गते अस्पतालबाट डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हालसम्म महिलाको स्वास्थ्य अवस्था सामान्य नै छ, उनी सुनाकोठीमै बसिरहेका कारण हामीले भर्खरै यी महिलाका परिवारलगायत त्यहाँका वडाध्यक्षसँग गई कुरा गरेर सावधानी अपनाउने विषयमा छलफल गरेर आयौँ, महिलाको घरमा भएका अन्य पाँच जनालाई मास्कलगायत सामग्री दिएर क्वान्टिनमा बस्न अनुरोध पनि गरेका छौँ ।” पाँच दिनपछि उहाँहरुको कोरोना परीक्षण गरिने गेलालले जानकारी दिनुभयो ।

    किष्ट अस्पतालमा महिलाको उपचारमा संलग्न चिकित्सकलाई पनि अस्पताल वा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको गेलालको भनाइ छ ।सुत्केरी गर्न राखेको कक्षमा चारदेखि पाँच घण्टा बन्द गरी सङ्क्रमण हटाउने र औषधि छर्किएर पुनःसञ्चालन गरिनेछ । किष्ट अस्पतालमा गत बुधबार मात्र वडा नं २२ बुङ्मतीका ५७ वर्षीया पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार