काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । कांग्रेसले जेठ १३ मा संसदमा प्रस्तुत गर्न लागिएको संविधान संशोधनको प्रस्तावलाई केही दिन पर सार्न अनुरोध गरेको थियो । शनिबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले लिम्पियाधुरासहित समेटिएको नक्सा संसदबाट अनुमोदन गर्नका लागि संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाको बिषयमा केन्द्रीय समितिबाटै अनुमोदन गराएर संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गराएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, पूर्णबहादुर खड्का लागयतकधा नेताहरु एमसीसी पनि संसदबाट अनुमोदन गर्नेगरी संविधान संशोधनको पक्षमा अडान लिनुपर्ने पक्षमा भए पनि सभापति देउवाले सीमाको बिषयमा सर्त राख्नु नहुने पक्षमा उभिएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको छ । उक्त प्रस्तावमाथि छलफल भई शनिबार नै निर्णय हुने कांग्रेसले जनाएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend