Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


    शनिबार, जेष्ठ १७ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । कांग्रेसले जेठ १३ मा संसदमा प्रस्तुत गर्न लागिएको संविधान संशोधनको प्रस्तावलाई केही दिन पर सार्न अनुरोध गरेको थियो । शनिबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले लिम्पियाधुरासहित समेटिएको नक्सा संसदबाट अनुमोदन गर्नका लागि संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सीमाको बिषयमा केन्द्रीय समितिबाटै अनुमोदन गराएर संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गराएका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, पूर्णबहादुर खड्का लागयतकधा नेताहरु एमसीसी पनि संसदबाट अनुमोदन गर्नेगरी संविधान संशोधनको पक्षमा अडान लिनुपर्ने पक्षमा भए पनि सभापति देउवाले सीमाको बिषयमा सर्त राख्नु नहुने पक्षमा उभिएका छन् ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको छ । उक्त प्रस्तावमाथि छलफल भई शनिबार नै निर्णय हुने कांग्रेसले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार