काठमाडौं ,१७ जेठ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा देवकोटाले थप १३ जनाले कोरोनालाई जितेर घर फर्किएका बताएका छन् । यससँगै नेपालमा कोरोनालाई जित्नेको संख्या २१९ पुगेको छ ।
यसरी कोरोनालाई जितेर घर फर्किनेहरुमा प्रदेश नंं १ मा ३० जना, प्रदेश नं २ मा १०४ जना, प्रदेश नं. ३ मा २८ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा ४८ र सुदूरपश्चिम प्रदेशमा ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा १७२ जना पुरुष र ४७ जना महिला रहेको प्रवक्ता डा देवकोटाले बताएका छन् ।