Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एटीएम मेसिन फुटाएर पैसा चोर्दै गर्दा पक्राउ


    शनिबार, जेष्ठ १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । लकडाउनको मौका छोपी एटिएम मेसिन फुटाएर पैसा चोर्दै गर्दा सचिन तामाङ पक्राउ परेका छन् । सिन्धुपालचोक कदमबास घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले शुत्रबार पक्राउ गरेको हो ।

    प्रहरीले तामाङलाई एटिमएम फुटाउँदै गर्दा गएराति २.१५ बजे पक्राउ गरेको हो । ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ । तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार