सुर्खेत । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित १४ जना नै दैलेखका हुन् ।
सुर्खेतमा रहेको प्रयोगशालामा चाप बढेकाले सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।
थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।
शुक्रबार १४ जनामा संक्रमण देखिएपछि दैलेखमा कोरोना संक्रमितको सख्या ३० पुगेको छ । दैलेखमा शुक्रबार पुष्टी भएका १४ जना संक्रमित भारतबाट आएका थिए ।