काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई चीनको इशारामा चल्ने गरेको आरोप लगाउँदैआएका थिए । यसअघि उनले डब्लुएचओको सहयोग रोक्ने घोषणा गरेका थिए । अहिले फेरि डब्लुएचओसँग अमेरिकाको सम्बन्ध सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् ।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै यसै कारण उसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका हुन् ।
‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं ।’
डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने ट्रम्पले बताएका छन् । उनले भने, ‘डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि ।’
यसअघि उनले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटम दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरसको संक्रमण शुरु हुने बित्तिकै सूचना नदिएको आरोप लगाएका छन् ।
उनले भने, ‘चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरस सम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्यो ।’ अहिले विश्वमा कोरोनबाट सबैभन्दा पीडित अमेरिका बनेको छ । त्यहाँ कोरोना संक्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जबकि डब्लुएचओले चीनमा कोरोनाभाइरस देखिनासाथ विश्वलाई सतर्क रहन आह्वान गरेको थियो । उसले भन्नासाथ हवाई यातायातमात्र बन्द गरेको भए पनि धेरै देशमा संक्रमण फैलिने थिएन ।
तर अमेरिकी राष्ट्रपति ट्रम्प चीनले सुरुवातमै कोरोना भाइरसको जानकारी नदिएकाले विश्वभर फैलिएको आरोप लगाउँदैआएका छन् । र, डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिएर पनि विवादमा आएका थिए ।
चीनले शुरुमा कोरोना भाइरस पत्ता लाग्ना साथ सही सूचना लुकाएको र डब्लुएचओले पनि ढाकछोप गरेको आरोप ट्रम्पको छ । अमेरिकाले कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन डब्लुचओले विशेषज्ञहरुको टोली चीनमा पठाउनुपर्ने माग राख्दै आएको छ ।
२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपंक्षी बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउँदैआएको छ । एजेन्सी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend