काठमाडौं, १६ जेठ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा देवकोटाले थप १९ जनाले कोरोनालाई जितेर घर फर्किएका बताएका छन् । यससँगै कोरोनालाई जित्नेको संख्या २०६ पुगेको छ ।
यसरी कोरोनालाई जितेर घर फर्किनेहरुमा प्रदेश नंं १ मा ३० जना, प्रदेश नं २ मा १०२ जना, प्रदेश नं. ३ मा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं. ५ मा ४७ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्चार्ज भएका छन् । घर फर्किनेमा १६२ जना पुरुष र ४४ जना महिला रहेको प्रवक्ता डा देवकोटाले बताएका छन् ।