काठमाडौं, १६ जेठ । हिजो विहिबार प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मासिक १० युनिटसम्म खपत गर्ने उपभोक्तालाई निशुल्क व्यवस्था गरेको बताए।
घरायसी साना उपभोक्ता जसले विद्युत’मासिक १० युनिटसम्म खपत गर्छन् उनीहरुलाई निशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत छुट र २५० युनिटसम्म खपत गर्नेलाई १५ छुट दिइने ’खतिवडाले बताए ।
खानेपानी र सिचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विधुत शुल्क मिनाह र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरेको छ। यस्तै कोभिड १९ का कारण प्रभावित उत्पादनमुलक उद्योगले लकडाउनअवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयमा विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाइएको छ।