काठमाडौं । सरकारले कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रको लागि राहतको प्याकेज ल्याएको छ । कोराना संक्रमणबाट अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले ब्याजमा पाँच प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । बजेटमार्फत सरकारले राहतको यस्तो कार्यक्रम ल्याएको हो ।
त्यसका लागि ५० अर्बको कोष स्थापना गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । नेपाल राष्ट्र बैंकले स्थापना गर्ने यो कोषबाट पाँच प्रतिशत ब्याजबाट ऋण लिएर श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालनका लागि उपयोग गर्नसक्नेछन् ।
वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने घोषणा पनि बजेटमा गरिएको छ ।