काठमाडौं । मंगलबारदेखि नेपालमा कोरोना संक्रमितको संख्या दैनिक सरदर १ सयभन्दा बढी देखिन थालेको छ । आज बिहानमात्रै धनुषामा एकैपल्ट २९ सहित प्रदेश–२ मा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् , भने पाँच जनाको मृत्यु भएको छ ।