ललितपुर,१५ जेठ । ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ बुङमतिका ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा निधन भएको हो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
उनको मृत्यु हिजो (बुधवार) साँझ ४ बजे भएको किष्ट अस्पतालले जनाएकोछ ।जेठ ११ गते पाटन अस्पताल पुगेका ति पुरुषलाई त्यहाँ आईसीयू नभएको भन्दै ग्वार्कोस्थित किस्ट अस्पतालमा रिफर गरिएको थियो।