काठमाडौं । सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीको नक्सा संसदबाट अनुमोदन गर्नका लागि संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेसको आग्रहमा सरकारले बुधबार कार्यसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने भएकाले संविधान संशोधनको प्रस्ताव केही दिन सार्न आग्रह गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकबाट निर्णय गर्नुपर्ने भनेपछि सरकारले बुधबारको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको थियो ।
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै बुधबारको कार्यसूचीबाट संविधान संशोधनको एजेन्डा हटाउन लगाए पनि भित्री कारण भने अर्कै रहेको छ । कांग्रेसले सरकारसँग एमसीसी पनि नक्सासँगै संसदबाट पास अनुमोदन गर्नुपर्ने अडान राखेको छ । अर्काेतिर तेस्रो दल जनता समाजवादी पार्टीले मधेशको एजेन्डा पनि समावेश गरी संविधान संशोधन गर्नुपर्ने भन्दैआएको छ । जसपाका ४ अध्यक्ष मध्येका एक डा. बाबुराम भट्टराईले टीकापुर काण्डमा जेलमा रहेका सांसद रेशम चौधरीको रिहाईलाई पनि सर्त बनाएका छन् ।
कांग्रेस एमसीसी र जनता समाजवादी मधेशी पार्टीले विगतमा उठाएको संविधान संशोधनको एजेन्डामा पनि संविधान संशोधन भएमात्र साथ दिने पक्षमा देखिएपछि सरकारले बुधबारको कार्यसूचीबाट हटाएको छ । राष्ट्रियता र सीमाको सवालमा पनि कांग्रेस र जसपाले सर्तमाथि सर्त राखेर सरकारलाई अप्ठेरोमा पार्ने काम गरेका छन् । जुन काम भारतीय पक्षकै योजनाबमोजिम भएको छ । भारत कुनै हालतमा नेपालको संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा अनुमोदन हुन नदिन भगीरथ प्रयत्न गर्दैआएको छ । त्यही भारतीय डिजाइन अनुुसार मंगलबारको बैठकमा देउवाले सीमाको बारेमा हुन लागेको संंविधान संशोधनको प्रस्ताव नै केही दिन पर सार्न लगाएको विश्लेषकहरु बताउँछन् ।
देउवाले केन्द्रीय कमिटी बैठन नै नराखी पार्टीका पदाधिकारीदेखि केन्द्रीय सदस्य एक्लौटी मनोनयन गर्नेदेखि महत्वपूर्ण निर्णय यसअघि गर्दैआएका छन् । तर सीमाको बिषयमा भने केन्द्रीय समिति बैठक राख्नुपर्ने भनेर संविधान संशोधन प्रस्ताव केही दिनपछि मात्र संसदमा ल्याउन आग्रह गर्नुका पछाडि पार्टीभित्रका भारतपरस्त नेताहरुको प्रभाव परेको आँकलन पनि गरिएको छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend