Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले संविधान संशोधन रोकेकोमा गगन थापाको आक्रोश


    बुधबार, जेष्ठ १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, १४ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया रोकेकोमा केन्द्रीय सदस्य गगनकुमार थापाले असन्तुष्टि जनाएका छन्।संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।

    बैठकमा संविधान सहमतिको दस्तावेज हो, सबै दल राष्ट्रिय एकताका लागि संशोधनको प्रस्तावमा उभिऔँ भन्दै देउवाको प्रस्ताब मानेर केही दिनका लागि रोकिएको थियो।

    सोही अनुसार संसोधन प्रस्ताब आजको कार्यसूचीबाट हटाउन सभामुखलाई आग्रह गरिएको थियो ।संसद बैठकमा संशोधन विधेयक पेश नभएपछि नेता थापाले असन्तुष्टि जनाएका हुन्। उनले सभापति शेरबहादुर देउवालाई भोलि नै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्णय गराउन माग गरेका छन्।

    ‘फास्ट ट्रयाकबाट संविधान संशोधन पारित गर्नमा जोड दिँदै थापाले ट्वीटरमा लेखेका छन् , ‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

    प्रधानमन्त्री ओलीले भने संविधान २०७२ मंसिरमा संशोधन भएको, अहिले नक्सा केन्द्रित भई पछि फेरी आवश्यक पर्दा गर्न सकिने धारणा हिजोको बैठकमा राखेका थिए ।

    सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो भने संविधानमा रहेको निशान छापभित्रको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसदमा दर्ता गरिसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार