Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४३ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या १५५ पुग्योे


    मंगलबार, जेष्ठ १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दैनिक सरदर ३६ को आँकडामा भए पनि आज एकै दिन ९० जनामा देखिएको छ । कोरोना संक्रमण तीव्र गतिमा बढे पनि निको हुनेको संख्या पनि आशालाग्दो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं २ महिनाको शिशुदेखि ८१ बर्षकी बृद्धसम्मले कोरोनालाई जितेका छन् ।

    मंगलबारमात्रै नेपालमा थप ४३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएका छन् । वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । आज डिस्चार्ज भएका ४३ समेत अहिलेसम्म नेपालमा कोरोना जित्नेको संख्या १५५ पुगेको छ ।

    प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायणी अस्पतालबाट निको भएर घर गएका हुन् । ७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन् । डिस्चार्ज हुनेमा दुई महिला र ४१ पुरुष छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार