Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा मौलायो तस्करीको धन्दा


    मंगलबार, जेष्ठ १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मुकेश भनिने सुरेन्द्र साह र बीरगंज भन्सार गुल्मका सशस्त्र डीएसपी अमर खत्री

    वीरगञ्ज । कोरोना भाइरसका कारण देशभरि लकडाउन भएका बेलामा बारा जिल्लाको विभिन्न नाकाबाट ठूलो मात्रामा तस्करी भैरहेको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर खत्रीको मातहत रहेका इनर्वा, बलिराम, मुशहरवा, बरैनिया नाका रहेको छ । डीएसपी खत्रीको संरक्षणमा सशस्त्र प्रहरी मुसर्वा बिओपीका निरीक्षक नारायण ऐर र नेपाल प्रहरी मुशहरवा चौकीका असई जगदीश यादबले तस्करीका सामानहरू सेटिङमा छाड्ने गरेको स्रोतले जनाएको छ । उनीहरूले तस्करीमा नाम कमाएका मुख्तार, सुरेन्द्र र मुकेश साहले साथ दिएको चर्चा छ ।

    बारा जिल्लामा तस्करी गर्दै आएका सुरेन्द्र, मुख्तार, मुकेशले भारतबाट लकडाउनको बेलामा रातिको समयमा तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ । उनीहरूले नेपालमा सुर्ती, रजनिगन्धा, राजनिवाश, पान पराग, लत्ताकपडा, हार्डयेवर लगायतका समानहरू भारतबाट नेपालतर्फ भित्र्याउन गरेको स्रोतले जनाएको छ ।

    नेपालबाट भारततिर छोकडा, मरिच, मोटर लगायतका सामानहरू प्रहरीको सेटिङ र प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको स्थानीयहरूले बताएका छन् । सशस्त्रका नायव उपरीक्षक खत्री र ऐरको सेटिङमा मुख्तार, सुरेन्द्र र मुकेश साहले ईनार्वा, बलिरामपुर, मुशहरवा, बरैनिया नाकाबाट छोहडा र रक्सी भारततर्फ ठूलो मात्रामा तस्करी गरेको जनाइएको छ ।

    तस्करीको सामान भारतीय सीमा क्षेत्र सहदेवा महदेवा पुग्दछ । तस्करी गर्न लाइन दिएवापत नेपाल प्रहरी र सशस्त्र प्रहरीको नाममा ५–५ लाख रूपियाँ छुट्टयाइएको तस्करीमा संलग्न एकजनाले बताएका छन् । त्यो रकम जिल्लाका दुईवटा एसपीको नाममा समेत माग्ने गरेको आरोप छ ।

    सामान तस्करीका लागि सुरेन्द्र, मुकेश र मुख्तार स्थानीय व्यक्ति हुन् । उनहरूले १० जना कामदार प्रयोग गरि मोटरसाईकल, टेम्पो र पिकअप गाडीबाट नाका कटाउने काम गर्नेछन् ।

    लकडाउनका बेला उनीहरूले पिकअप गाडीमा खाद्यान्न ढुवानी भनेर लेख्छन् र तस्करीका सामान राखेर सीमा कटाउने गरिएको एकजना जुनियर प्रहरी अधिकृतले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार