काठमाडौं । पार्टीका सांसदहरु असन्तुष्ट भएर विभाजित हुने भएपछि रातारात राष्ट्रिय जनता पार्टीसँग समाजवादी पार्टीको एकता गराएका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच नै अहिले कटुता उत्पन्न भएको छ । राजपामा बरिष्ठ र सर्वस्वीकार्य मानिएका महन्थ ठाकुर र समाजवादीका डा. बाबुराम भट्टराईको नाममा पार्टी दर्ता गर्ने प्रस्तावको उपेन्द्र यादवले ठाडै अस्वीकार गरेका छन् । उपेन्द्र यादव आफ्नो र महन्थ ठाकुरको नाममा निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्ने अडानमा छन् । पूर्वप्रधानमन्त्री भएकाले भट्टराईलाई संघीय परिषदको अध्यक्षका रुपमा मर्यादाक्रममा माथि राख्नुपर्ने पक्षमा सहमत भए पनि उनलाई कार्यकारी भूमिका दिने पक्षमा यादव छैनन् ।
उपेन्द्र यादवनिकट जसपाका नेताहरु बाबुराम भट्टराईको १ सिटे पार्टीसँग एकता गरी उनलाई ठूलो पार्टीको नेता बन्ने अवसर दिएकाले उनले कार्यकारी भूमिका खोज्नै नहुने जिकिर गर्दछन् । जनमत नभएको एक सिटको पार्टीलाई समाजवादीको अध्यक्षका रुपमा स्वीकार गरिसकेकाले बाबुरामलाई दिएको हैसियत नै बढी भएको भन्दैआएका छन् । मधेश आन्दोलनको लिगेसी उपेन्द्र यादवसँग मात्र भएकाले उनलाई कार्यकारी अध्यक्ष दिएमात्रै एकता सार्थक हुने दाबी उनीहरुको छ ।
राजपाका नेताहरु बाबुराम भट्टराई र महन्थ ठाकुरको नाममा पार्टी दर्ता गर्न सहमत छन् । तर उपेन्द्र यादवले नमानेकाले पार्टी दर्ता प्रक्रिया एक महिना बितिसक्दा पनि पूरा हुन नसकेको बताइन्छ । । पटक पटक पार्टी दर्ता प्रक्रियाका लागि बसेको जसपाको बैठक उपेन्द्र यादवले कार्यकारी अध्यक्ष खोजेकाले निष्कर्षविहीन हुने गरेको छ । दल दर्ताका लागि जिल्ला जिल्लाबाट दुवै दलका केन्द्रीय सदस्यहरुको हस्ताक्षर आइसकेको छ तर पार्टी कसको अध्यक्षतामा दर्ता गर्ने भन्ने कुरामै हलो अड्किएको छ । २०७७ बैशाख १० मा पार्टी एकता गर्दा उपेन्द्र यादव जुन पदमा पनि बस्न तयार थिए, तर अहिले आएर उनी कार्यकारी अध्यक्ष नभई नहुने भन्दै पार्टी एकता नै पूरा हुन नदिनेतर्फ उन्मुख देखिएको आरोप राजपा नेताहरुको छ ।
पार्टी एकता गर्दा उपेन्द्रले महन्थ ठाकुरलाई वरियताक्रमको पहिलो नम्बरमा राख्न सहमति जनाएका थिए । बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने, केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी समितिको अध्यक्ष राजेन्द्र महतोलाई दिने भद्र सहमति गरेका उपेन्द्र यादव पछिल्ला दिनमा कार्यकारी अध्यक्षको अडानमा टसमस नभएकाले दल दर्ता प्रक्रिया पूरा हुन नसकेको राजपाका एक नेताले बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend