Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण


    मंगलबार, जेष्ठ १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत, १३ जेठ । सिरहामा ५ जनामा संक्रमण देखिएलगत्तै आज कर्णाली प्रदेशको सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । भारतसँग सीमा नै नजोडिएको कर्णाली प्रदेशमा प्रदेशमा संक्रमितको कूल संख्या २३ पुगेको छ ।

    कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो । यसअघि सुर्खेतका बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

    उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्ने एकीन जानकारी प्राप्त हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार